राज्यले थारुहरुलाई नेपाली ठानेन्, म नेपाली हुनै सकिन् : रेशम चौधरी

मंगलबार, पुस ८, २०८२

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीले सरकारले थारुलाई नेपाली भन्न सक्नुपर्ने बताएका छन् । सरकारकै कारण आफू नेपाली हुन पनि नसकेको गुनासो गरे । मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले सदियौँदेखि एउटै वर्ग र समूहले हालीमुहाली गरेको साथै थारुहरुलाई नेपाली हुनै नदिएको उनको गुनासो छ । टीकापुर विद्रोहबारे सरकारलाई राम्रो जानकारी भएको एवम पटक–पटक प्रधानमन्त्री बनेका ठूला दलका नेताहरु राम्रोसँग जानकार रहेपनि आफुहरुलाई नेपाली हुनबाट बन्चित गरेको उनको भनाइ थियो । जेनजी आन्दोलनको मर्म र महत्त्व बुझ्दै फागुन २१ को निर्वाचनमा सबै सहभागी हुनुपर्ने उनको धारणा छ ।थारुहरु राज्यको कार्यकारी भूमिकामा पुग्न नसक्नुको कारण राज्यको सोच गलत भएको उनले बताए । देशमा ठूला आन्दोलन भए पनि नागरिकले न्याय नपाएको भन्दै उनले सरकारले थारुलाई नेपाली भन्न सक्नुपर्ने दाबी गरे । त्यस्तै कार्यक्रममा जेनजी २.० समुहका संरक्षक डा.हरि कार्कीले आफूहरु नागरिक उन्मुक्ति पार्टीमा आवद्ध हुन पहिले देखि नै आतुर रहेको बताए । आजै जेनजी २.० समुह नागरिक उन्मुक्ति पार्टी नेपालमा समावेश भएको छ ।
पार्टीका अध्यक्ष चौधरी र समुहका संरक्षक डा.हरि कार्कीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

प्रकाशित मिति: मंगलबार, पुस ८, २०८२  १९:२५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार