७ दिनभित्र बयानमा उपस्थित हुन पूर्वगृहमन्त्री रमेश लेखकलाई जाँचबुझ आयोगको पत्र

मंगलबार, पुस ८, २०८२

काठमाडौं ।  पूर्वगृहमन्त्री रमेश लेखकलाई बयानका लागि उपस्थित हुन जेनजी आन्दोलनका घटना छानबिन गर्न बनेको जाँचबुझ आयोगले पत्र पठाएको छ । आयोगले लेखकलाई ७ दिनभित्रमा उपस्थित हुन पत्र पठाएको हो । आयोगका प्रवक्ता विज्ञानराज शर्माले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई बोलाउने विषयमा भने निर्णय हुन बाँकी रहेको बताए ।  भदौ २३ गते जेनजी आन्दोलन हुँदा लेखक गृहमन्त्री थिए । तर त्यसदिन प्रहरीको गोली लागेर १९ जनाको मृत्यु भएपछि साँझ उनले गृहमन्त्रीबाट राजीनामा दिएका थिए ।  यसअघि जाँच बुझ आयोगले सबै सुरक्षा प्रमुखसहित मुख्यसचिव, गृहसचिव, काठमाडौँका सीडीओ लगायतसँग बयान लिएको थियो ।  लेखकपछि तत्कालीन प्रधानमन्त्री ओलीलाई बयानका लागि पत्र पठाउने आयोगको तयारी छ । ओलीले भने आयोगमा बयान नदिने जिकिर गर्दै आएका छन् ।

प्रकाशित मिति: मंगलबार, पुस ८, २०८२  १७:५४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार