विहान हुस्सु लागेपनि दिउँसो भने घमाइलो मौसम, तराईमा हुस्सु

मंगलबार, पुस ८, २०८२


काठमाडौं । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेका कारण बिहान हुस्सा लागेपछि दिउँसो भने घमाइलो दिन भएको छ। सुदूरपश्चिम प्रदेशमा मौसम मुख्यतया सफा रही बाँकी प्रदेशमा आंशिक बदली रहेको छ । तराईका धेरै स्थानहरूमा हुस्सु लागेको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर मौसम मुख्यतया सफा रहने छ । यस्तै, आज राति पनि देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । देशका तराई भूभागमा हुस्सु तथा कुहिरोको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा बिहानको समयमा आंशिक प्रभाव पर्न सक्ने महाशाखाले जनाएको छ।

प्रकाशित मिति: मंगलबार, पुस ८, २०८२  ११:०३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार