द्धन्द्धकालमा बेपत्ता वालिङका अर्याल १७ वर्षपछि घर फिर्ता

बिहीबार, साउन ७, २०७८

वालिङ । यहाँका एक पुरुष बेपत्ता भएको १७ वर्षमा घर आएका छन् । नेपालमा चलेको १० वर्षे जनयुद्धमा बेपत्ता भएका वालिङ नगरपालिका– ६ लालुपातेका ५५ वर्षीय गोपालप्रसाद अर्याल घर फर्किएका हुन् ।  जनयुद्धका समयमा त्रासका कारण २०५९ असार १ गते घरबाट हिँडेका अर्याललाई दाङको लमहीमा भएको भन्ने परिवारले थाहा पाएपछि घर फिर्ता ल्याएको पत्नी बलीकुमारी अर्यालले बताइन् । “यहीँको विद्यालयबाट भ्रमणमा गएका विद्यार्थी तथा शिक्षकले देखेपछि हामीलाई सुनाउनुभयो”, पत्नी बलीकुमारीले भनिन्, “उहाँहरुले भनेको ठाउँमा गएर हेर्दा त हो रहेछ, अनि लिएर आएका हौं ।” घरको मुली मान्छे अभिभावक नै बेपत्ता भएपछि चारजनाको परिवार पीडामा र सधैँ त्रासमा रहेको उनले सुनाइन् । दश वर्षे द्वन्द्वका समयमा बेपत्ता पारिएका व्यक्तिको उजूरी आयोगमा परेपछि छानबिन आयोगले पीडित परिवारलाई भेट्ने क्रममा अर्याललाई घरमै परिवारसँग फेला पारेको थियो । 
त्यस्तै स्याङ्जाको पुतलीबजार नगरपालिका–२ का ५१ वर्षीय टुकबहादुर पौडेलको पनि उजूरी आयोगमा परेकामा उनी पनि परिवारसँगै रहेको फेला परेको छ । पौडेल २०५८ सालपछि बेपत्ता भएका र करीब १३ वर्ष घर नआएपछि परिवारका व्यक्तिले बेपत्ता भएको भनी आयोगमा उजूरी दिएका थिए ।–रासस 

प्रकाशित मिति: बिहीबार, साउन ७, २०७८  १४:११
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार
थप समाचार
लघुवित्त पीडित आमरण अनशनमा
बिहीबार, साउन ७, २०७८

आज साउनको दोस्रो सोमवार
बिहीबार, साउन ७, २०७८

आज साउनको दोस्रो सोमबार 
बिहीबार, साउन ७, २०७८