यातायात व्यवसायीको आन्दोलनका कारण काठमाडौंको ट्राफिक अस्तव्यस्त (अपडेट)

भाडावृद्धिको माग गर्दै सातदोबाटोमा यातायात व्यवसायीको प्रदर्शन 
बिहीबार, साउन ७, २०७८

ललितपुर । यातायात व्यवसायीले भाडा वृद्धिसहितका ७ बुँदे माग राखेर आन्दोलन सुरु गरेका छन् । सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालको व्यानरमा यातायात व्यवसायी आन्दोलन उत्रेका हुन् । पहिलो दिन उनीहरुले सातदोबाटोमा यातायतका साधनसहित उपस्थित भएर आन्दोलन गरेका थिए । आजको आन्दोलन २ घण्टाको हुने एकजना ट्याक्सी चालक राम लामाले जानकारी दिए । 
यातायात व्यवसायीले कोभिड खोप लगाउनु पाउनु पर्ने, यातायातको भाडा बृद्धि एवम् टयाक्सीको सुरुवात कल (फ्लाट डाउन) समायोजन गर्नुपर्ने, मौदिक नीति यातायात्र व्यवसायी मैत्री बनाउनु पर्ने, २० वर्ष पुगेका सवारीको अवधि थप गर्ने, यातायातको बिमा छुट, सडक कानुन लागू गर्ने तथा यातायातका कागजपत्र नविकरण र जरिवाना छुट गराउन सरकारले तत्कालले कदम चाल्नुपर्ने भन्दै यातायात व्यवसायी आन्दोलनमा उत्रेका हुन् । 
प्रदर्शनका क्रममा यातायता व्यवसायीले यात्रु बोकेर गुडिरहेका बस तथा ट्क्सीबाट यात्रु ओरालेका थिए । कतिपय यात्रुवाहक बसमाथि यातायात मजदुरले आक्रमणको प्रयास पनि गरेका थिए । 
नौ वर्षदेखि भाडा नबढाएकाले आफूहरू आन्दोलनमा उत्रनु परेको चालक लामाले शब्दपाटीलाई बताए । नौ वर्षअघि तय भएको भाडा दरमा आफूहरू अहिले पनि सडकका गुडिरहेकोले भाडा समायोजनाका लागि सरकारलाई दबाब दिन आन्दोलन गर्नु परेको उनले बताए । ‘पेट्रोलको मूल्य ५६ रुपैयाँ प्रति लिटर हुँदा अहिलेको भाडा दर तय भएको हो । अहिले पेट्रोलको मूल्य बढेर १२८ रुपैयाँ प्रतिलिटर पुगेको छ । पाँच सय रुपैयाँमा पाइने चामल अहिले २ हजार रुपैयाँ पुगेको छ । महँगीले आकाश छोइसकेको छ’, उनले भने ।
यसैपनि गत वर्ष देखि नै लकडाउनका कारण आफूहरुले सवारी साधान थन्क्याएरै राख्नु प¥यो । दिनभरी कमाएर खानुपर्ने हाम्रो त विचल्नी नै भयो उनले भने ।
‘अहिले निजी सवारी साधानले पनि मनपरी ढङ्गले यात्रा ओसारी रहेका छन् । पठायो, टुटल तथा निजी सवारी साधानले मनपरी ढङ्गले भाडा लिएर यात्रु बोकेका छन् । हाम्रो मागमा सरकार कहिले पनि संवेदनशील भएन’ उनले भने ।
अहिले मुलुक भर ३९ लाख ८७ हजार २६७ सवारी साधान दर्ता भएका छन् । सरकारले जारी गरेको आर्थिक सर्वेक्षणमा चालु आवको फागुनसम्ममा थप एक लाख ५० हजार ७६५ नयाँ सवारी साधन दर्ता भएको जानकारी दिइएको छ । गत आवको अन्त्यसम्ममा ३८ लाख ३६ हजार ५०२ सवारीसाधन दर्ता थिए । तीमध्ये मोटरसाइकलको सङ्ख्या सबैभन्दा बढी छ । 
सरकारले हालसम्ममा २० लाख ८७ हजार ६८३ सवारी चालक अनुमतिपत्र (इलेक्ट्रिोनिक स्मार्ट कार्ड) वितरण गरिसकेको छ । गत आवसम्ममा जम्मा १८ लाख १३ हजार २९१ अनुमतिपत्र वितरण भएकामा चालु आबको फागुनसम्ममा थप दुई लाख ७४ हजार ३९२ थप वितरण भएको हो । 

 

प्रकाशित मिति: बिहीबार, साउन ७, २०७८  ११:५३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार