सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामीछानेले चितवनबासीहरुसंग भेटघाट तथा सम्बोधन कार्यक्रम गर्ने तय भएको छ । भोलि शनिबार बिहान ११ बजे लामिछानेले आम चितवनबासी र पार्टी पंक्तिका व्यक्तिहरुसँग भेटघाट तथा सम्बोधन कार्यक्रम हुने हुंदा चितवनका टोल तथा वडा तहदेखि जिल्ला तहसम्मका समितिका सम्पूर्णलाई अनिवार्य उपस्थितिका लागि निर्देशन गरिएको छ । साथै चितवनस्थित केन्द्र तथा प्रदेश प्रतिनिधिज्युहरूलाई पनि यसै सूचनाका साथ उपस्थितिका लागि अनुरोध गरेको छ । पार्टी पंक्तिका सदस्यहरुलाई भने १०ः३० बजे भरतपुरको चौबिसकोठीमा एकत्रित भएर सभापतिलाई अगाडि लगाएर लामबद्द भए अगाडि बढ्न आग्रह गरिएको छ । थुनामुक्त हुने आदेश पाएका लामिछाने शुक्रबार जिल्ला अदालत रुपन्देही पुग्ने कार्यक्रम छ । बिहीबार उच्च अदालत बुटवलका न्यायाधीशद्वय बासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले उनलाई थुनामुक्त गर्न आदेश दिएको हो । उनलाई अदालतले शर्तसहित थुनामुक्त गर्न आदेश गरेको थियो । उच्च अदालत बुटवलको आदेश जिल्ला अदालत रुपन्देहीमा पुग्नुपर्छ ।