भाडावृद्धिको माग गर्दै सातदोबाटोमा यातायात व्यवसायीको प्रदर्शन

बिहीबार, साउन ७, २०७८

ललितपुर । यातायात व्यवसायीले भाडा वृद्धिसहितका ७ बुँदे माग राखेर आन्दोलन सुरु गरेका छन् । सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालको व्यानरमा यातायात व्यवसायी आन्दोलन गरिरहेका छन् । पहिलो दिन उनीहरुले सातदोबाटोमा यातायतका साधनसहित उपस्थित भएर आन्दोलनमा छन् । आजको आन्दोलन २ घण्टाको हुने एक जना ट्याक्सी चालक राम लामाले जानकारी दिए । यातायात व्यवसायीले कोभिड खोप लगाउनु पाउनु पर्ने, यातायातको भाडा बृद्धि एवम् टयाक्सीको सुरुवात कल (फ्लाट डाउन) समायोजन गर्नुपर्ने, मौदिक नीति यातायात्र व्यवसायी मैत्री बनाउनु पर्ने, २० वर्ष पुगेका सवारीको अवधि थप सम्बन्धी, यातायातको बिमा छुट सम्बन्धमा, सडक कानुन लागू गर्ने सम्बन्धमा तथा यातायातका कागजपत्र नविकरण र जरिवाना छुट गर्ने सम्बन्धमा सरकारले तत्कालले कदम चाल्नुपर्ने भन्दै यातायात व्यवसायी आन्दोलनमा उत्रेका हुन् । प्रदर्शनका क्रममा यातायता व्यवसायीले यात्रु लिएर गुडिरहेका सवारी साधानबाट यात्रु ओरालेका सवारी साधन रोकेका छन् । कतिपय यात्रुवाहक बसमाथि यातायात मजदुरले  आक्रमण पनि गरेको देखिन्छ । 

प्रकाशित मिति: बिहीबार, साउन ७, २०७८  ११:०५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार