सोसल मिडिया
Contact Us
युनिकोड
ललितपुर । ललितपुरको ऐतिहासिक सप्तपाताल पोखरी संरक्षण अभियानका अग्रणी अभियन्ता पूर्ण बहादुर स्थापितको बुधबार ८१ वर्षको उमेरमा निधन भएको छ । पारिवारिक स्रोतका अनुसार अभियन्तता पूर्णको मृर्गौला सम्बन्धि रोगको उपचार भइरहेको थियो । उनको १ छोरा र पाँच छोरी छन् । धर्मपत्नीको साढे तीन महिना अघि निधन भएको थियो । अतिक्रमणमा परेको लगनखेलमा अवस्थित धार्मिक, सांस्कृतिक र पर्यावरणीय महत्वको सप्तपाताल पोखरीलाई फिर्ता ल्याउन उनले डेढ दशक लामो कानुनी लडाईं लडेका थिए । उनको नेतृत्वमा भएको यो लडाईं सफल भएपछि अहिले ललितपुर महानगरले सप्तपाताल पोखरीको पुर्निर्माण गरिरहेको छ । स्थापित लामो समयदेखि सम्पदा संरक्षण र सार्वजनिक पोखरीहरूको पुनर्जीवनका लागि सक्रिय थिए । विशेष गरी सप्तपाताल पोखरीको संरक्षणका लागि उनले कानुनी र सामाजिक स्तरमा निरन्तर संघर्ष गर्दै आएका थिए । पोखरीमा अतिक्रमण भएको जग्गा फिर्ता ल्याउन उनी १५ वर्षभन्दा लामो समयसम्म कानुनी लडाइँमा संलग्न रहे, अन्तत उनको संघर्ष विजयमा परिणत भयो । स्थापित पाटन दरबारका प्रमुख डिजाइनर मध्येका एक हुन् । उनका योगदानका कारण ललितपुरले एक समर्पित सम्पदा रक्षक गुमाएकोमा ललितपुरका नागरिकमा गहिरो शोक छ । उनको निधनले सम्पदा संरक्षण क्षेत्रले एक महत्वपूर्ण व्यक्तित्व गुमाएको मानिएको छ ।