सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । एमालेको ११ औं महाधिवेशनका क्रममा नयाँ नेतृत्व चयनका लागि भएको मतदान प्रक्रिया सकिएको छ । निर्वाचनमा २ हजार २ सय २७ महाधिवेशन प्रतिनिधिले मत हालेका छन् । ३६ जना अनुपस्थित रहे । केन्द्रीय निर्वाचन आयोगले बिहीबार बिहान ११ बजेसम्म नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । आयोगले अहिले मेसिन लक गरेर रुजु गर्ने काम गरिरहेको छ । बुधबार बिहान ९ बजेर १२ मिनेटमा सुरु मतदान रातिभर चलिरह्यो । छिटोछरितो नतिजा निकाल्ने विद्युतीय भोटिङ मेसिनको प्रयोग गरे पनि सोचेजस्तो हुन सकेन । जसका कारण तीन दिनमा सक्ने भनिएको महाधिवेशन थप दुई दिन लम्बिएको हो । ३ सय १ केन्द्रीय कमिटी र १९ पदाधिकारीमध्ये ११ जना निर्विरोध भइसकेका छन् । प्रतिनिधिले २ सय ९० लाई छान्नुपर्नेछ । यस पटक निर्धारित उम्मेदवारलाई मतदान नगरी अघि बढ्न नमिल्ने सेटिङ मेसिनमा भएकाले कुनै उम्मेदवारलाई मत नहाली अघि बढ्न नमिल्ने बनाइएको थियो ।