समाज सेवासहित कला संस्कृतिमा क्रियाशील धर्मलाल महर्जनलाई महानगर गौरव पुरस्कार 

बुधबार, पुस २, २०८२

ललितपुर । समाजसेवासहित धर्म, कला संस्कृति तथा साहित्यमा क्रियाशील ललितपुर महानगरपालिका २३ नं. वडाका धर्मलाल महर्जन यस वर्षको ‘ललितपुर महानगर गौरव पुरस्कार’ बाट पुरस्कृत भएका छन् ।  ललितपुर महानगपालिकाको १०७औं स्थापना दिवसका अवसरमा बुधबार आयोजित कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्कीले समाजसेवी तथा संस्कृतविद् महर्जनलाई एक लाख नगदसहित उक्त पुरस्कार प्रदान गरेकी हुन् ।  कला, साहित्य तथा समाज सेवाको क्षेत्रमा पुर्‍याएको अतुतनीय योगदानको उच्च कदर गर्दै महानगरपालिकाले महर्जनलाई महानगर गौरव पुरस्कारबाट सम्मान गरिएको हो । सोही अवसरमा पत्रकार नारायण किलम्बु, दिलेन्द्रराज श्रेष्ठ, वरिष्ठ कलाकार नारायणदेवी प्रधान, रवि महर्जन, योगेन्द्र महर्जन र बाबुराजा देउलालाई विभिन्न विधाका पुरस्कारबाट पुरस्कृत गरिएको थियो ।  यस्तै महानगरका कर्मचारी राजेन्द्रप्रसाद अधिकारीलगायतलाई पनि सम्मान गरिएको थियो।  

प्रकाशित मिति: बुधबार, पुस २, २०८२  १८:२२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार