एमाले चुनाव : अहिलेसम्म ७२० मत खस्यो

बुधबार, पुस २, २०८२

काठमाडौं । एमालेको जारी महाधिवेशनको नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानमा अहिलेसम्म ७ सय २० मत खसेको छ । साँझ ५ बजेसम्म ७ सय २० मत खसेको हो । बिहान करिब साढे ९ बजेबाट मतदान सुरु भएको थियो । सात घण्टामा ७ सय २० मत खसेको हो । एमालेको नयाँ नेतृत्वका लागि केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा छ । दुवै समूह प्यानल बनाएर प्रतिस्पर्धामा उत्रिएका छन् । एमाले महाधिवेशनमा २२६३ प्रतिनिधि सहभागी छन् । तीमध्ये अधिकांश मतदानमा सहभागी छन् ।

प्रकाशित मिति: बुधबार, पुस २, २०८२  १७:४२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार