सोसल मिडिया
Contact Us
युनिकोड
मुस्ताङ । हिमाली जिल्ला मुस्ताङको लोमानथाङ गाउँपालिका र लो–घेकर दामोदरकुण्ड गाउँपालिकामा आर्थिक वर्ष २०८१÷०८२ मा २८ कृषकका जम्मा १०५ वटा पशुधन क्षति भएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, इलाका संरक्षण कार्यालय लोमानथाङका कार्यालय प्रमुख उमेश पौडेलका अनुसार क्षति भएका पशुधनमध्ये १६ वटा घोडा, २१ वटा भेडा र ५ वटा याक रहेका छन् । यी पशुधनमा हिउँ चितुवा र ब्वाँसोको आक्रमणबाट क्षति पुगेको हो । पौडेलका अनुसार प्रभावित २८ घरधुरी कृषकलाई पशुधन क्षति बापत जम्मा १५ लाख रुपैयाँ राहत रकम सम्बन्धित व्यक्तिको खातामा दाखिला गरिएको छ ।