सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेपाली काँग्रेस क्रियाशील व्यवस्थापन समितिले २४ घण्टाभित्र क्रम संख्या उल्लेख भएका क्रियाशील सदस्यता फारम जिल्ला पठाउने निर्णय गरेको छ । महामन्त्री गगन थापा संयोजक रहेको समितिले मातहत समितिहरूमा २४ घण्टाभित्र क्रम संख्या उल्लेख गरिएका फारम जिल्ला पठाउने निर्णय गरेको हो । सुदूरपश्चिमका विभिन्न जिल्लामा क्रमसंख्या नभएका फारम पुगेपछि आलोचना भएको थियो । त्यसपछि समितिले आज बैठक गरेर क्रम संख्या उल्लेख रहेका फारमहरू पठाउने निर्णय गरेको हो । नेता शेखर कोइराला र केन्द्रीय सदस्य मीनेन्द्र रिजालले आज सभापति शेरबहादुर देउवालाई भेटेर क्रियाशील सदस्यतासम्बन्धी क्रम संख्या नरहेका फारम जिल्लाहरूमा पुगेकोमा ध्यानाकर्षण गराएका थिए । साथै जनसम्पर्क समितिहरूमा पुस ५ गतेभित्र अनलाइनमार्फत् फारम भर्न सक्ने गरी समय दिने निर्णय भएको छ ।