कोइराला–देउवा भेट

क्रियाशील सदस्यता फारममा ‘सिरियल नम्बर’ नभएकोप्रति कोइरालाको चासो

मंगलबार, पुस १, २०८२

काठमाडौं । आज नेपाली कांग्रेसका नेता शेखर कोइराला र सभापति शेरबहादुर देउवाबीच भेटघाट भएको छ । मंगलबार क्रियाशिल वितरण समितिले नम्बर बिनाका फारम जिल्ला–जिल्ला पठाएको घट्ना र केन्द्रीय अनुशासन समितिले गरेको कारवाही सिफारिस फुकुवा लगायत विषयमा कुरा गर्न नेता कोइराला केन्द्रीय सदस्य डा मिनेन्द्र रिजाललाई लिएर सभापति भेट्न गएका हुन् । भेटमा कोइरालाले क्रियाशिल वितरण समितिले नम्बर बिनाका फारम जिल्ला–जिल्ला पठाएको र यसले पार्टीभित्र देशैभर जटिल समस्या उत्पन्न सिर्जना गरेको देउवा सामु बताए । कोइरालाले बिना नम्बरका ति फारम तत्काल फिर्ता गरी नयाँ फारम पठाउँन निर्देशन दिन देउवालाई आग्रह गरे । कोइरालाले ती बिना नम्बरका फारमका आधारमा महाधिवेशन प्रक्रिया सुरु हुनै नसक्ने तर्क राखे । अनुशासन कारवाहीका सम्बन्धमा देउवाको ध्यानाकर्षण गराउँदै कोइरालाले सबैको कारवाही फुकुवा गरी पार्टी महाधिवेशन र आम निर्वाचनमा खटिन निर्देशन दिनुपर्ने धारणा राखे । २०७९ को निर्वाचनको गठबन्धनका समयमा भएका कुरालाई लिएर अहिले कारबाही गर्न नहुने कोइरालाको भनाइ थियो ।

प्रकाशित मिति: मंगलबार, पुस १, २०८२  १७:२९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार