सरकारले गठन गर्‍यो उच्चस्तरीय राजनीतिक संम्वाद समिति

कानुनमन्त्री सिन्हा संयोजक
सोमबार, मंसिर २९, २०८२

काठमाडौं । सरकारले विभिन्न राजनीतिक दल र सरोकारवालासँग वार्ता गर्न उच्चस्तरीय राजनीतिक संम्वाद समिति गठन गरेको छ । सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले कानुनमन्त्री अनिल सिन्हाको संयोजकत्वमा उच्चस्तरीय राजनीतिक सम्वाद समिति गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता जगदीश खरेलले जानकारी दिए । उनले भने,‘विभिन्न राजनीतिक दल र सरोकारवालाहरुसँग वार्ता गर्न उच्चस्तरीय राजनीतिक सम्वाद समिति गठन गरिएको छ । संम्वाद समितिमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिल सिन्हा संयोजक हुनुहुन्छ । सदस्यमा सञ्चार तथा सूचना मन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार अजयभद्र खनाल हुनुहुन्छ ।’ त्यस्तै सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा प्रकाशकुमार श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको पनि उनले जानकारी दिए । प्रचलित कानुनमा व्यवस्था भएकोमा बाहेक सेवा प्रवाहको प्रक्रियामा कागजको आधिकारिताका लागि आइटिकटका रुपमा हुलाक टिकट टाँस्ने अभ्यास प्रचलन वा व्यवस्थालाई हटाउने निर्णय पनि सरकारले गरेको छ ।

प्रकाशित मिति: सोमबार, मंसिर २९, २०८२  १८:४१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार