यतिबेला मुलुकलाई हाक्न सक्ने नेता केपी ओली नै हुन् : महेश बस्नेत

सोमबार, मंसिर २९, २०८२

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले वर्तमान परिस्थितिमा मुलुकलाई हाँक्नसक्ने नेता केपी ओली मात्र भएको बताएका छन् । नेकपा एमालेको ११औँ महाधिवेशनको बन्दसत्र स्थलमा बोल्दै उनले आजको एमाले केपी शर्मा ओलीको विचारमै अघि बढ्ने बताए । उनले भने, ‘यो मुलुकलाई हाँक्न सक्ने नेता हो केपी ओली । आजको एमाले केपी शर्मा ओलीको लाइनमै विचारमै अघि बढ्छ ।’ साथै उनले एमाले महाधिवेशनमा जति उपस्थिती थियो त्यति नै काफी रहेको बताए ।

प्रकाशित मिति: सोमबार, मंसिर २९, २०८२  ०७:५५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार