युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यद्धारा एमालेको सक्रिय राजनीतिबाट बिदा लिने घोषणा 

आइतबार, मंसिर २८, २०८२

काठमाडौं । नेकपा एमालेका उपाध्यक्षद्धय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले सक्रिय राजनीति नगर्ने घोषणा गरेका छन् । ७० वर्षे उमेर हदको वकालत गर्दै आएका दुवै नेताले केन्द्रीय कमिटीको आजको अन्तिम बैठकमा महाधिवेशनमा कुनै पदमा उम्मेदवार नबन्ने घोषणा गरेका हुन् । दुवै नेताले उमेर हदमा फर्किन र अध्यक्ष केपी शर्मा ओलीलाई पनि बिदा हुन आग्रह गर्दै आएका थिए । यो महाधिवेशनमा कुनै पदमा उम्मेदवार नबन्ने घोषणा गरेका ज्ञवाली र शाक्यले पार्टीमा भने आफ्नो अनुभवका आधारमा सक्रिय रहने बताएका छन् ।

प्रकाशित मिति: आइतबार, मंसिर २८, २०८२  १५:४६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार