नेपाली कांग्रेसले बोलायो केन्द्रीय समितिको आकस्मिक बैठक

आइतबार, मंसिर २८, २०८२

काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको छ । पार्टी कार्यालय सानेपामा सोमबार बिहान ९ बजेका लागि बैठक बोलाइएको पार्टी मुख्यसचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।  बैठकले पूर्वकेन्द्रीय तथा पूर्वमन्त्री आमोद प्रसाद उपाध्यायको निधनका शोध प्रस्ताव पारित गर्ने बताइएको छ ।  बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र ७ वटै प्रदेश सभापतिहरूलाई उपस्थितिका लागि सूचित गरिएको छ ।

प्रकाशित मिति: आइतबार, मंसिर २८, २०८२  १५:३९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार