एमालेको विधान संशोधन 

पदाधिकारी १९ जना र केन्द्रीय कमिटी ३०१ जनाको बनाउने निर्णय 
आइतबार, मंसिर २८, २०८२

काठमाडौं । नेकपा एमालेले पार्टीको विधान संशोधन गर्ने निर्णय गरेको छ। ११ औँ महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि भृकुटीमण्डपमा बसेको केन्द्रीय कमिटी बैठकले विधान संशोधन गर्ने निर्णय गरेको हो ।  विधान संशोधन गरेर पदाधिकारी १९ जना र केन्द्रीय कमिटी ३०१ जनाको बनाउने निर्णय भएको छ। यसअघि भदौमा भएको दोस्रो विधान महाधिवेशनमा पदाधिकारी १५ र केन्द्रीय कमिटी २५१ सदस्यीय बनाउने निर्णय भएको थियो ।  तर, आज भएको संशोधन अनुुसार अब पदाधिकारी १९ जना रहने छन्। जसमा अध्यक्ष, उपाध्यक्ष ५, महासचिव, उपमहासचिव ३ र सचिव ९ जना रहने छन् ।  केन्द्रीय कमिटी ३०१ जनाको हुँदा पोलिटब्युरो ९९ सदस्यीय हुने छ। स्थायी समिति भने पोलिटब्युरोको एक तिहाई हुने छ । केन्द्रीय कमिटी बैठका आएको प्रस्तावमा धारणा राख्दै विधान संशोधन गर्न नहुने पक्षमा उपाध्यक्ष युवराज ज्ञवाली, अस्टलक्ष्मी शाक्य लगायतका नेताहरू उभिएका थिए । उपाध्यक्षद्वय ज्ञवाली र शाक्य तथा स्थाथी कमिटी सदस्यहरू बिन्दा पाण्डे, कर्ण थापा र काशिनाथ अधिकारीले पनि विधान संशोधन गर्न नहुने धारणा राखेका थिए । शुक्रबार बसेको सचिवालय बैठकमै अध्यक्ष केपी शर्मा ओली पार्टी पदाधिकारी र केन्द्रीय कमिटीको आकार बढाउनेगरि विधान संशोधन गर्ने प्रस्ताव ल्याउने तयारीमा थिए ।  तर, त्यहाँ सचिवालयका अधिकांश सदस्य विपक्षमा उभिएपछि गत भदौमा भएको दोस्रो विधान महाधिवेशनले पारित गरेको विधान अनुसारै नेतृत्व निर्माण गर्ने निर्णय बैठकबाट भएको थियो ।  तर, ओली पक्षले फेरि केन्द्रीय कमिटीमा विधान संशोधनको प्रस्ताव ल्याएर त्यही पारित गरेको हो । 

प्रकाशित मिति: आइतबार, मंसिर २८, २०८२  १५:२४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार