सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । सरकारले जेनजीहरूसँग बुधबार भएको सम्झौतालाई अनुमोदन गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले हिजो साँझ भएको उक्त सम्झौता अनुमोदन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए । बुधबार साँझ प्रधानमन्त्री सुशीला कार्की र जेनजी समूहका प्रतिनिधिबीच सम्झौतामा हस्ताक्षर भएको थियो । मन्त्रिपरिषद्ले सम्झौता अनुमोदन गरेसँगै उक्त सम्झौता अब राजपत्रमा प्रकाशित हुनेछ । उक्त सम्झौता उल्लेख भएका बुँदाहरू सम्बद्ध मन्त्रालयले उच्च प्राथमिकताका साथ कार्यान्वयन गर्ने निर्णय समेत बैठकले गरेको पनि उनले बताए ।