पूर्वराष्ट्रपति विद्या भण्डारीद्वारा क्षतिग्रस्त संसद भवनको अवलोकन

बिहीबार, मंसिर २५, २०८२

 

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जेन–जी आन्दोलनका क्रममा क्षतिग्रस्त भएको संसद भवनको अवलोकन गरेकी छन् । विहीबार दिउँसो उनले नयाँ वानेश्वरस्थित संसद भवनको अवलोकन गरेकी हुन् । उनले संसद भवनभित्र र बाहिर, जलेका सवारी साधनहरु भएको स्थान सबै अवलोकन गरेकी छन् । अवलोकनमा भण्डारीसँगै निवर्तमान सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालसहित विभिन्न पदका कर्मचारीहरु सहभागि थिए ।

प्रकाशित मिति: बिहीबार, मंसिर २५, २०८२  १७:२४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार