कता जाँदैछ समाज ?

अदालतमा सम्बन्ध विच्छेदका मुद्दा बढी
बुधबार, साउन ६, २०७८

अर्घाखाँची । अर्घाखाँची जिल्ला अदालत मुद्दा फछ्र्योट गर्नेमा लुम्बिनी प्रदेशमै प्रथम बनेको छ । आव २०७७÷७८ मा लुम्बिनी प्रदेशका सबै अदालतमध्ये सबैभन्दा बढी मुद्दा फछ्र्योट गरी उत्कृष्ट बन्न सफल भएको जिल्ला अदालत अर्घाखाँचीका न्यायाधीश वासुदेव न्यौपानेले बताएका छन् ।  जिल्ला अदालतमा दर्ता भएका कूल मुद्दाको ७० दशमलब ९३ प्रतिशत मुद्दा फछ्र्योट गरेको अदालत प्रदेशमै सबैभन्दा धेरै प्रतिशत मुद्दा फछ्र्योट गर्ने जिल्ला बनेको हो । आव २०७६÷०७७ मा बाँकी रहेका १४९ थान र गत आव २०७७÷७८ का २८० थान गरी ४३० थान मुद्दा रहेकोमा यस आवभित्र ३०५ थान मुद्दा फछ्र्योट भएको अदालतका श्रेस्तेदार महेश खनालले जानकारी दिए । 
अर्घाखाँचीपछि सबैभन्दा बढी प्युठान जिल्ला अदालतले ७०.३२ प्रतिशत र त्यसपछि उच्च अदालत तुलसीपुरले ६६.४१ प्रतिशत मुद्दा फछ्र्योट गरेको छ । अर्घाखाँची जिल्ला अदालतमा अब १२५ थान मुद्दा मात्र बाँकी रहेका छन् । अदालतले गत आवमा ३०० मुद्दा फैसला गर्ने लक्ष्य राखेकोमा ३०५ थान अर्थात् लक्ष्यको तुलनामा १०१.६६ प्रतिशत मुद्दा फछ्र्योट गरेको जिल्ला अदालतका सूचना अधिकारी टेकराज गैरेले बताए ।  यस अदालतमा सबैभन्दा बढी सम्बन्ध विच्छेदका मुद्दा पर्ने गरेका छन् । गत आवमा जिम्मेवारी सरी आएका ५२ र यस वर्ष नयाँ दर्ता हुन आएका १२३ गरी जम्मा १७५ थान सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका थिए । एक वर्षमा १४२ थान फछ्र्योट भई ३३ थान बाँकी रहेका छन् । अदालतमा रहेका सम्पूर्ण मुद्दाको तुलनामा झण्डै ४१ प्रतिशत मुद्दा सम्बन्ध विच्छेदका पर्ने गरेका छन् । 
फौजदारी मुद्दातर्फ जबरजस्ती करणीसम्बन्धी मुद्दा बढी परेका छन् । अघिल्लो वर्षका नौ थान र यस आवमा नयाँ दर्ता भएका १३ गरी जम्मा २२ थान जबरजस्ती करणीसम्बन्धी मुद्दा रहेकोमा १४ थान फछ्र्योट भई आठ थान बाँकी रहेका छन् ।–रासस
 

प्रकाशित मिति: बुधबार, साउन ६, २०७८  ०६:४३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार
थप समाचार
लघुवित्त पीडित आमरण अनशनमा
बुधबार, साउन ६, २०७८

आज साउनको दोस्रो सोमवार
बुधबार, साउन ६, २०७८

आज साउनको दोस्रो सोमबार 
बुधबार, साउन ६, २०७८