जापान पठाइदिने भन्दै ४० लाख ठगीकाे आरोपमा चारजना पक्राउ  

मंगलबार, साउन ५, २०७८

काठमाडौँ । नेपाल प्रहरीले जापान पठाइदिने भन्दै विभिन्न व्यक्तिसँग ३९ लाख ६८ हजार ९९६ रुपैयाँ ठगी गर्ने चार जनालाई पक्राउ गरेको छ ।  महानगरीय अपराध महाशाखा नयाँ बानेश्वरको टोलीले सामाजिक सञ्जालको प्रयोग गरी विभिन्न व्यक्तिसँग ठगी गर्ने मकवानपुरका ३७ वर्षीय शुभद्रा परियार, ईलामका ३३ वर्षीय पुजा राई, सिन्धुपाल्चोकका ३३ वर्षीय राजेन्द्र ढकाल र भक्तपुरका २१ वर्षीय दीपिका केसीलाई आज काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।  सामाजिक सञ्जाल फेसबुकमा ‘टानाकायोका’ को नामबाट फेसबुकको प्रयोग गरी आफू जापानको अध्यागमनमा काम गर्ने नागरिक हो भन्दै ‘वर्किङ भिसा’ प्रक्रियाका लागि रकम पठाउनुपर्छ भनी ठगी गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उनीहरूले पीडितलाई पैसा आफ्नो खातामा राख्न लगाएर जापान नपठाइ ठगी गरेको प्रहरीको भनाइ छ । पक्राउ परेका चारै जनालाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौँ पठाएको उक्त महाशाखाले जनाएको छ । 
 

प्रकाशित मिति: मंगलबार, साउन ५, २०७८  ०५:३३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार
थप समाचार
लघुवित्त पीडित आमरण अनशनमा
मंगलबार, साउन ५, २०७८

आज साउनको दोस्रो सोमवार
मंगलबार, साउन ५, २०७८

आज साउनको दोस्रो सोमबार 
मंगलबार, साउन ५, २०७८