सोसल मिडिया
Contact Us
युनिकोड
लण्डन । अक्सफोर्ड यूनिभर्सिटी र एस्ट्राजेनेकाले कोरोनाभाइरसविरुद्ध बनाएको अर्को खोपले बेलायतमा प्रयोगका लागि अनुमति पाएको छ । उक्त खोपलाई धेरै कम तापक्रममा भण्डारण गर्नुपर्ने बाध्यता नभएकाले निकै उपयोगी हुने अपेक्षा गरिएको छ । बेलायत सरकारले यो खोपका १० करोड मात्रा झिकाइसकेको छ । बेलायतमा प्रयोगका लागि अनुमति पाउने यो दोस्रो खोप हो । यसअघि डिसेम्बरको सुरुतिर फाइजर–बायोएन्टेकले बनाएको खोप कोभिड–१९ विरुद्ध प्रयोग हुन थालेको थियो । चीनमा पनि सिनोफार्मले बनाएको अर्को खोप तीन चरणको परीक्षणपछि ७९ प्रतिशत प्रभावकारी देखिएको बताइएको छ । बायोएन्टेक र मोडेर्नाले बनाएका खोपहरू कोभिड–१९ विरुद्ध बढी प्रभावकारी देखिएका छन् ।
अर्को सातादेखि खोप दिन थालिने बेलायतकास्वास्थ्यमन्त्रीले जनवरी ४ देखि यो खोप दिन थालिने बताएका छन् । उनका अनुसार नयाँवर्षका प्रारम्भिक साताहरूमा खोप अभियान तीव्र गतिमा अघि बढ्नेछ । बेलायतले एस्ट्राजेनेकाबाट मगाएको खोपको मात्रा पाँच करोड मानिसका लागि पर्याप्त छ । औषधिहरूको नियामक निकायले अनुमति दिनुको अर्थ उक्त खोप सुरक्षित र प्रभावकारी छ भन्ने हो । अक्सफर्ड–एस्ट्राजेनेकाले विकसित गरेको यो खोप गत अप्रिल महिनामा एक स्वयंसेवकमा परीक्षण गरिएको थियो । त्यसपछि हजारौँ मानिस सहभागी हुनेगरी ठूलो स्तरमा क्लिनिकल परीक्षण गरिएको थियो । यस्ता छन् विशेषता अहिलेसम्म बेलायतमा ६ लाखभन्दा बढी मानिसले फाइजर–बायोएन्टेकको खोप लगाइसकेका छन् । अक्सफोर्ड–एस्ट्राजेनेकाको खोप सस्तो र एकैचोटि ठूलो मात्रामा उत्पादन गर्न सकिने भएकाले खोप लिने मानिसको संख्या उल्लेख्य रूपमा बढ्ने अपेक्षा गरिएको छ । यो खोप फ्रिजमा पनि भण्डारण गर्न सकिन्छ । तर फाइजर–बायोन्टेकको खोपलाई ७० डिग्रीको तापक्रममा राख्नुपर्ने बाध्यता छ ।
कसले पाउँछन् खोप ? खोप अभियानमा अब यथासम्भव बढी मानिसलाई सहभागी गराइनेछ । जोखिममा परेका मानिसलाई सकेसम्म धेरै संख्यामा कोभिड–१९ बाट जोगाउन खोपको पहिलो मात्रा उपलब्ध गराउने सरकारको लक्ष्य छ । खोपसम्बन्धी विषय हेर्ने एउटा सरकारी समितिको सुझावमा यो निर्णय लिइएको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ताका अनुसार छोटो अवधिमै खोपको दोस्रो मात्रा उपलब्ध गराउनुको साटो अहिले जोखिमयुक्त समूहका मानिसलाई पहिलो मात्रा दिने कुरालाई प्राथमिकता दिइनेछ । ‘सबै जनाले खोपको पहिलो मात्रा लिएको १२ साताभित्र दोस्रो मात्रा लिन पाउनेछन् । दोस्रो मात्राले खोपको मात्रा पूरा गर्नेछ । दीर्घकालीन सुरक्षाका लागि त्यो आवश्यक छ’ स्वास्थ्य मन्त्रालयका प्रवक्ताले भने ।– बीबीसी