सोसल मिडिया
Contact Us
युनिकोड
कविता
तिम्रो सत्याग्रहमा मैले सहभागिता जनाएँ हात मिलाएँ मुठ्ठी उठाएँ मलाई देशद्रोही भनियो ।
तिमीले निकालेको विरोध जुलुसमा मेरो पुस्ता सामेल हुन चाहान्छ हाम्रा आकाङक्षाहरु दमित बनाइएर सारा जिन्दगी दुःखमा वित्यो अन्याय सह्यांै अत्याचार खेप्यौं जिन्दगीका अधुरा किस्सा सुनाई जिन्दगीकै अप्रिय गीत गाउँदै खोसिएको हाम्रो सपनाको सपना तिमी ध्यानपूर्वक सुन ।
तिमीले उठाएका मुद्धाहरु पुस्तान्तरण हुँदै आएका मुद्धाहरु हुन लैङ्गिक विभेदको मुद्धा जातीय उत्पीडनको मुद्धा दलित र गैह्र दलितको मुद्धा तेस्रो लिङ्गी, बालबालिका र अपाङ्गको मुद्धा किसान, मजदुर र निमुखाको मुद्धा, नयाँ नठान हामीले छिचोल्न नसकेका आन्दोलनहरु तिमीले छिचोल्नु पर्ने छ हामीले बेसाएका दुःखहरुबाट तिमीले मुक्ति पाउनु पर्ने छ तिमी त्यही अभागि सन्तान हौ तिम्रो भागमा उत्पीडन मात्रै परेको छ ।
हामी वुद्धु थियौ हाम्रो चेतना स्तर कमजोर थियो । हामी भाग्यवादी मान्छे पुर्पुरो छामेर दुःख सुख निक्र्योल गथ्र्यौ ।
हामी सोच्थ्यौ जिन्दगी परमेश्वरको अनुकम्पा हो भाग्य र भविष्य छैठी मै लेखिएको हुन्छ स्वर्ग र नर्कको अफवाह फैलाएर शासकहरु हामीलाई शासित बनाई रहेका हुन्थे हामी शासकहरुको तलुवा चाटी विगत लामो समय देखी चाकरी गथ्र्यौ ।
यस संसारमा हाम्रो पनि हिस्सा हुनु पर्ने घाम जून तिनीहरुको मात्रै होइन धरती आकाश तिनीहरुको मात्रै होइन थाहा पाएरै पनि परिवर्तन र मुक्तिका लागि विद्रोह गर्ने वातावरण अनुकूल बनाउनै सकिएन ।
यो दुनियाँ स्वार्थले बलेको छ तिमी माथि अन्याय भै रहँदा न्यायको तराजु लिएर कोही आउँदैन मानवता विल्कूल झोक्राइ रहेको छ मान्छेहरु रोई बसेका छन तिमी आँसु पुछ्ने गरी आऊ विघ्न बाधा पन्छाउँदै ।
तिम्रा सपनाहरु साँचेर राख तिमी उन्मुक्त भै हाँस तिम्रो भविष्य तिमी नै खोज हामीलाई विश्राम गर्न देऊ यहाँ सम्मको कहाली लाग्दो हाम्रो यात्रामा तिमी हिड या नहिड हामीले त असफलता प्राप्त गर्यौ होला हाम्रो असफलताबाट पाठ सिकेर तिमी सफलताको सिढीं चढ गोरेटो पार गर्दै मूलबाटो तिर ।
सुन्दरहरैंचा –६, दुलारी, मोरङ