प्रधानमन्त्री कार्कीलाई बधाई दिन पुगे अमेरिकी राजदूत

बिहीबार, असोज २, २०८२

काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत डिन आर.थम्पसनले बिहीबार प्रधानमन्त्री सुशीला कार्कीसँग शिष्टाचार भेट गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको भेटमा राजदूत थम्पसनले नेपालको नयाँ कार्यकारी प्रमुख बनेकी कार्कीलाई बधाई दिए । हालै भएको जेनजी आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि कार्कीले   प्रधानमन्त्रीको पदभार सम्हालेकी हुन् ।

प्रकाशित मिति: बिहीबार, असोज २, २०८२  १६:०२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार