प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदूत चेन सोङ्गको शिष्टाचार भेट

बिहीबार, असोज २, २०८२

काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत चेन सोङ्गले बिहीबार प्रधानमन्त्री सुशीला कार्कीसँग शिष्टाचार भेट गरेका छन् ।  सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको भेटमा राजदूत सोङ्गले नेपालको नयाँ कार्यकारी प्रमुख बनेकी कार्कीलाई बधाई दिएका छन् । हालै भएको जेनजी आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामापछि प्रधानमन्त्री कार्कीले पदभार सम्हालेकी हुन् ।

प्रकाशित मिति: बिहीबार, असोज २, २०८२  १५:२७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार