सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा भएको परिवर्तनमा संलग्न युवाहरूको प्रशंसा गरेका छन् । उत्तरपूर्वी भारतको मणिपुरमा पुगेका मोदीले एक कार्यक्रममा सम्बोधन गर्दै नेपालको पछिल्लो परिवर्तन र नयाँ प्रधानमन्त्रीलाई शुभकामना दिन लामै समय खर्चिए ।
यस्तो छ मोदीले नेपालबारे दिएको वक्तव्यको अंश साथीहरू आज मणिपुरको यो धरतीबाट म नेपालकाबारेमा पनि कुरा गर्छु । हिमालयको काखमा बसेको नेपाल भारतको एक मित्र हो, नजिकको साथी हो । हामी साझा इतिहाससँग, आस्थासँग जोडिएका छौँ । साथै मिलेर अघि बढिरहेका छौँ । नेपालमा नेपालका अन्तरिम सरकारको प्रधानमन्त्रीका रूपमा पदभार सम्हालेकोमा १ अर्ब ४० करोड भारतवासीका तर्फबाट सुशीलाजीलाई हार्दिक बधाई दिन्छु । मलाई विश्वास छ कि उहाँले नेपालमा शान्ति, स्थिरता र समृद्धिको मार्ग प्रशस्त गर्नु हुने छ । पहिलो महिला प्रधानमन्त्रीका रूपमा सुशीलाजी आउनु महिला सशक्तीकरणको एकदमै उत्तम उदाहरण हो । म आज नेपालका त्यस्ता हरेक व्यक्तिको सराहना गर्छु जसले यस्तो अस्थिरताको माहौलमा पनि लोकतान्त्रिक मूल्यलाई सर्वोपरि राखे । साथीहरू, नेपालमा भएका घटनाक्रममा अर्को कुरा पनि विशेष छ जसमा मानिसहरूको ध्यान गएको छैन । पछिल्ला दुई तीन दिनदेखि नेपालका युवायुवतीहरूले नेपालका सडकमा सफाइ र रङ्गरोगनका काम बडो मेहनत र पवित्रताको भावनाका साथ गरिरहेको देखिएको छ । सामाजिक सञ्जालमा आइरहेका उनीहरूका तस्बिर मैले पनि देखेको छु । उनीहरूको यो सकारात्मक सोच यो सकारात्मक कार्य केवल प्रेरणादायक मात्रै छैन यो नेपालको नवउदयको स्पष्ट सङ्केत पनि हो । म नेपालको उज्ज्वल भविष्यको लागि शुभकामना दिन्छु ।