सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । जेन–जी पुस्ताको नाममा दुई दिनसम्म चलेको हिंसात्मक प्रदर्शनपछि काठमाडौं उपत्यकाको अवस्था दयनीय देखिएको छ । भ्रष्टाचार विरुद्ध भएको प्रदर्शन हिंस्रक बनेपछि देशका महत्वपूर्ण सार्वजनिक संरचना ध्वस्त भएका छन् । संरचना ध्वस्त भएपछि सर्वसाधारण आक्रोशित बनेका छन् । आन्दोलनमा घुसपैठ भएका कारण सार्वजनिक संरचनामा आगो लागेको सर्वसाधरणको भनाइ छ । आन्दोलन गर्न पाइन्छ असहमति राख्न पाइन्छ तर सार्वजनिक सम्पत्तिमाथि क्षति पुर्याएकोमा आन्दोलनकारीले गलत गरेको काठमाडौं जिल्ला अदालतका अधिवक्ता सुनिल कुमार यादवले प्रतिक्रिया दिए । ‘सुरुको दिन आन्दोलनमा सरकारले गोली चलाएर गलत गर्यो । दोस्रो दिन आन्दोलनमा आन्दोलनकारीहरुले जेनजीको नाममा घुसपैठ भयो । सार्वजनिक सम्पत्ति नष्ट गराएर अपराधिक कार्य गरियो,’ उनले भने । ‘आन्दोलन गर्न असहमति राख्न पाइन्छ । यो नागरिक अधिकार हो । तर भौतिक संरचना नष्ट गरेर र गोली हान्ने काम अपराधिक काम हो,’ उनले भने । भ्रष्टाचारविरुद्ध ढिलोचाँडो आन्दोलन हुनुपर्ने औंल्याएका उनले जिम्मेवारीपूर्व नभएको सुनाए । उनले अहिलेको स्थितिमा नेपाल धेरै पछाडि परेको बताए । उनले अर्बौंको सम्पत्ति नस्ट भएको भन्दै पुनःनिर्माण गर्दा धेरै स्रोतहरुको आवश्यक पर्ने बताए । अवको विकल्प भनेको जेनजीका प्रतिनिधि र नेपाल सरकारको तर्फबाट वार्तामा बस्ने टोली तय गर्ने आधारमा हुने बताए । हालको जुन व्यवस्था छ त्यो भनेको संवैधानिक व्यवस्था नै भएकाले अर्थात अन्य बाटोबाट जाने भन्नेकुरा समयले निर्धारण गर्ने उनको धारणा थियो । उनले अब नेतृत्व गर्ने व्यक्रि अनुभवी कुनैपनि कुरामा कालो दाग नलागेको आक्षेप नलागेको व्यक्तिले गर्दा सर्वस्वीकार्य हुनुपर्ने बताए । उनले नेतृत्व गर्न सक्ने आँट भएको र जुन माहोल सिर्जना भएको छ यसलाई सम्हाल्न सक्ने व्यक्ति आउनुपर्ने समेत स्पष्ट पारे । त्यस्तै अर्का सर्वसाधारण तारानाथ तिमल्सिनाले जे नहुनुपर्ने घटनाहरु भएको र ठूलो जनधनको क्षति भएको भन्दै अब एकजुट भएर सहमतिका साथ अघि बढ्नुपर्ने बताए । समाजमा भएका विकृति विसंगती विरुद्ध जसरी आवाज उठ्यो आगामी दिनमा यसलाई सुधारको बाटोतर्फ लैजानुपर्ने उनको भनाइ छ । ‘युवाहरुले एउटा अपेक्षा गरेका थिए । त्यो बिचमा घुसपैठ भएको अनुमान गरिएको छ । अब जे नहुनुपर्ने भयो । ठूलो जनधनको क्षतिपनि भयो । अब सबै एकठाउँमा आएर सहमतिका एकसाथ अगाडि बढ्नुपर्छ । सकारात्मक सन्देश दिएर अगाडि बढ्नुपर्छ । समाजमा भएका विकृति विसंगती विरुद्ध जसरी आवाज उठ्यो आगामी दिनमा यसलाई सुधारको बाटोतर्फ लैजानुपर्छ,’उनले भने ।