चलचित्रकर्मीहरूको आह्वान, ‘नागरिक सरकार गठन र नयाँ निर्वाचन गरौं’

मंगलबार, भदौ २४, २०८२

काठमाडौं । सोमबारदेखि जारी जेनजीको आन्दोलनप्रति चलचित्रकर्मीहरुले समर्थन जनाएका छन् । मंगलबार एक संयुक्त विज्ञप्ति जारी गर्दै सरकारद्वारा गरिएको बर्बर दमन र नर संहारले चलचित्रकर्मीको हृदय छिया छिया भएको पनि जनाएका छन् ।  ‘देशमा विद्यमान विकृति, विसंगति र भ्रष्टाचार उन्मुलनका लागि सरकारी तत्परताको माग राख्दै जेनजीको आव्हानमा भदौ २३ गते भएको विशेष आन्दोलन प्रति देशमा हामी चलचित्रकर्मीहरु पूर्ण समर्थन गर्दछौं। शान्तिपूर्वक भैरहेको आन्दोलन दबाउन सरकार द्वारा गरिएको बर्बर दमन र १९ जनाको ज्यान जाने गरी भएको नर संहारले हामी चलचित्रकर्मीको हृदय छिया छिया भएको छ । जेनजीका मागहरु सम्बोधन गरी तत्काल राष्ट्रिय निकास निकाल्न सबै पक्षसँग हामी आव्हान गर्छौ । देशको राजनीतिक रूपान्तरण को यो सम्बेदनसिल क्षणमा हामी सबैले धैर्यताका साथ देश हितमा शान्तीपूर्वक र समाधानमुखी कदम चाल्नुपर्ने आवश्यकता रहन्छ। अब सबै पक्ष बिच सरसल्लाह गरी नागरिक सरकार गठन गरेर शान्ती सुव्यवस्था कायम गरी नयाँ निर्वाचनको तयारी गर्नुपर्छ । साथै जेनजी आन्दोलन दबाउन भुमिका खेल्ने सम्पूर्ण पक्षलाई विशेष छानविन आयोग गठन गरेर कारवाहीको दायरामा ल्याउनुपर्छ। अहिलेको मुख्य समस्या रहेको भ्रष्टाचार रोक्न विशेष अधिकारको आयोग बनाउन तत्काल निर्णय गर्न पनि आग्रह गर्दछौ ।  जेनजीको आन्दोलन सफलताको वाटोमा अगाडी बढिसकेको हुँदा अब राष्ट्रिय सम्पत्तिहरुको तोडफोड र नास नगर्न हामी अनुरोध गर्दछौं । यो आन्दोलनको क्रममा सरकारले गोली हानेर मारिएका सबै युवाहरु प्रति हार्दिक श्रद्धान्जली तथा धाइनेहरुको सिध्र स्वास्थ लाभको कामना गर्दछौं ।
मनोज पण्डित
नविन सुब्वा
दयाहाङ्ग राई
निश्चल बस्नेत
अविरल थापा
साम्पिय राज तिमलसिना
रामकृष्ण पोख्रेल
गणेशदेव पाण्डे
अनुप बराल
सुरक्षा पन्न
के की अधिकारी
रिचा शर्मा
स्वस्तीमा खड्का
खगेन्द्र लामिछाने
के पी पाठक
सचिन धिमिरे
दिपेन्द्र खनाल
विनोद पौडेल
दिपक रौनियार
निरोज महर्जन
पुरेन्दु झा

प्रकाशित मिति: मंगलबार, भदौ २४, २०८२  १६:५४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार