महान्यायाधिवक्ताको कार्यालयमा आगजानी

मंगलबार, भदौ २४, २०८२

काठमाडौं । महान्यायाधिवक्ताको कार्यालयमा आगजानी गरिएको छ । मंगलबार प्रदर्शनरत जेनजी पुस्ताका युवाहरुले भद्रकालीस्थित महान्यायाधिवक्ताको कार्यालयमा आगजानी गरेका हुन् ।  प्रदर्शनकारीहरुले केही समय पहिले संसद् भवनमा समेत आगो लगाएका छन् । आक्रोशित प्रदर्शनकारीहरुले आगजानी र तोड्फोड गरेसँगै राप्रपा, रास्वपा प्रतिनिधिसभा र प्रदेशसभाका सदस्यहरूले सामूहिक राजीनामा दिइरहेका छन् ।

प्रकाशित मिति: मंगलबार, भदौ २४, २०८२  १६:३१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार