सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल तथा खानेपानी मन्त्री प्रदीप यादवले पदबाट राजीनामा दिएका छन् । देशको पछिल्लो घटनाक्रमले सरकारमा बस्ने परिस्थिति नभएको भन्दै उनीहरूले राजीनामा दिएका हुन् । यसअघि कृषिमन्त्री रामनाथ अधिकारीले पनि राजीनामा दिने घोषणा गरिसकेका छन् । कांग्रेस नेता शेखर कोइरालाले आफू निकट मन्त्रीहरूलाई राजीनामा दिन निर्देशन दिइसकेका छन् । मंगलबार सामाजिक सञ्जालमार्फत खानेपानी मन्त्री यादवले आफूले मन्त्री पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् । उनले लेखेका छन्,‘प्रिय युवा भाइबहिनीहरु तपाइँ नै मेरो प्रथम सहयोगी र मेरो जोश र उर्जाका सुत्रधार हुनुहुन्छ । हिजो न्भल श युवा पुस्ताले गरेको आन्दोलनको समर्थन र सरकार र प्रशासनद्वारा गरिएको दमनको विरोध गर्दै म आफ्नो खानेपानी मन्त्रालयको मन्त्री पदबाट राजीनामा दिने घोषणा गर्दछु । हामी सबैलाई संयमता अपनाई युवा पुस्तालाई सहि मार्ग दर्शन दिन र सहयोग गर्न अपिल गर्दछु ।’