प्रधानमन्त्री ओलीको बालकोटस्थित निवासमा आगजनी 

मंगलबार, भदौ २४, २०८२

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको भक्तपुर बालकोट स्थित निवासमा पनि आगजनी भएको छ । प्रधानमन्त्री ओलीको निवासमा आक्रमण गर्न पुगेका प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाएको थियो । त्यसपछि आक्रोशित भीडले ओलीको निवास जलाएको हो । प्रहरीले चलाएको गोली लागेर तीनजना प्रदर्शनकारी घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि अस्पताल लगिएको छ । प्रदर्शनकारीले आगो लगाएपछि बालकोट निवासबाट धुँवाको ठूलो मुस्लो निस्किएको छ । त्यहाँको अवस्था पनि नियन्त्रणबाहिर गइसकेको छ ।

प्रकाशित मिति: मंगलबार, भदौ २४, २०८२  १३:५५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार