सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक आह्वान गरेका छन् । सोमबार भएको जेनजीहरूको प्रदर्शनपछि तनावग्रस्त अवस्था भएपछि ओलीले आज साँझ ६ बजे सर्वदलीय बैठक आह्वान गरेका छन् । उनले उत्पन्न परिस्थितिको मूल्याङ्कन गर्न र सार्थक निस्कर्षको लागि संवद्ध पक्षसँग संवादमा रहेको पनि दाबी गरेका छन् । कुनै पनि रुपको हिंसा राष्ट्रको हितमा नहुने भन्दै शान्तिपूर्ण तथा संवादको माध्यमबाट समाधान खोज्ने उनले बताए ।