रमेश लेखकको घरमा तोडफोड

मंगलबार, भदौ २४, २०८२

काठमाडौं । निवर्तमान गृहमन्त्री रमेश लेखकको घरमा प्रदर्शनकारीहरूले तोडफोड गरेका छन् ।  नैकापस्थित लेखकको घरमा युवाहरूले तोडफोडसहित आगजनी प्रयास गरेको सचिवालयले जनाएको छ । लेखकको घर अगाडि प्रदर्शन भइरहेको छ ।  काठमाडौँको नयाँ बानेश्वर र माइतीघरमा जेन–जीको प्रदर्शनमा सहभागी १९ जनाको मृत्यु भएपछि आन्दोलन झन् भड्किएको हो भने यसैकारण लेखकले सोमबार साँझ राजीनामा पनि दिएका थिए ।

प्रकाशित मिति: मंगलबार, भदौ २४, २०८२  ११:४८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार