हेटौंडाका विद्यार्थीको मात्रै जिम्मेवारी लिने अभिव्यक्ति दिएपछि उपमहानगरकी मेयर मीना कुमारी लामा विवादमा

मंगलबार, भदौ २४, २०८२

हेटौंडा । जेन–जी पुस्तालाई आन्दोलनमा उग्र बनाउन हेटौंडा उपमहानगरपालिकाका मेयर मिना कुमारी लामाले दिएको अभिव्यक्ति अहिले चर्चामा छ । उनले भनेकी छन्, ‘म अन्य जिल्लाका विद्यार्थीको जिम्मेवारी लिन सक्दिनँ, म त मकवानपुरका विद्यार्थीको मात्रै जिम्मा लिन्छु ।’ मेयर लामाको यो भनाइले विद्यार्थीबीच चर्चा भएको छ । स्थानीय तहको जिम्मेवारी र अधिकार सीमाबद्ध भए पनि नेतृत्वद्वारा दिइएको यस्तो धारणा जेन–जी पुस्तामाझ थप उत्साह र आक्रोशको विषय बनेको बताइएको छ । 
 

प्रकाशित मिति: मंगलबार, भदौ २४, २०८२  ११:२५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार