सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । अभिनेता राजेश हमालले वर्तमान राजनीतिक परिस्थितिप्रति असन्तुष्टि जनाउँदै नेपाली भएकोमा आफूलाई लाज महसुस गरेको बताएका छन् । मंगलबार सामाजिक सन्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गरेका उनले नेतृत्वले युवालाई आशालाग्दो भविष्य दिन असफल मात्र नभई उनीहरूको वर्तमान पनि खोसेको आरोप लगाएका छन् । जेन–जी आन्दोलन हिंसात्मक बन्दा १९ जनाको ज्यान गएपछि उनको यस्तो भनाइ आएको हो । राजनीतिक वा सामाजिक विषयमा कमै बोल्ने उनले सोमबार सामाजिक सञ्जालमार्फत यस्तो टिप्पणी गरेका हुन् । उनले लेखेका छन्, ‘हामी एक राष्ट्रको हैसियतले युवालाई आशालाग्दो भविष्य दिन असफल भएका छौं । अझै उनीहरूको वर्तमान पनि खोसिरहेका छौं । म अहिले विदेश यात्रा गर्दैछु, तर नेपाली भएकोमा यति ठूलो लाज मंैले कहिल्यै महसुस गरेको थिइनँ ।’