सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । संसदमा प्रतिनिधित्व गर्ने विपक्षी दलहरूको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेको छ । प्रमुख प्रतिपक्षी दलका नेता एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा मंगलबार माओवादी केन्द्रको संसदीय दल कार्यालय सिंहदरबारमा बसेको बैठकले सरकारले जेन–जी पुस्ताको प्रदर्शनमा बर्बर दमन गरेको आरोप लगाउँदै सरकारको नेतृत्व प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्ने माग गरेको हो । हिजो सोमबारको बर्बर दमनका कारण जेन–जी पुस्ताका १९ जनाको ज्यान गएको छ भने सयैंको संख्यामा घाइते भएका छन् । सरकारको यो बर्बरता पूर्ण कदमको विरोधमा प्रमुख विपक्षी दलका नेता प्रचण्डले मंगलबार बिहान संसद्मा प्रतिनिधित्व गर्ने विपक्षी दलको बैठक बोलाएका थिए । बैठकले प्रधानमन्त्री ओलीले तत्काल राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले जानकारी दिए । सम्पूर्ण घटनाको प्रधानमन्त्री केपी शर्मा ओलीले लिएर राजीनामा दिनुपर्ने निष्कर्ष विपक्षी दलले निकालेका छन् ।