जेनजीले आन्दोलन बीचैमा छाड्नु हुँदैन् : डा.बाबुराम भट्टराई

मंगलबार, भदौ २४, २०८२

काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले जेनजीलाई आन्दोलन बीचैमा नछोड्न आग्रह गरेका छन् । आन्दोलनलाई लक्ष्यमा पुर्‍याउन उनको सुझाव छ ।  उनले सामाजिक संजालमा आफ्नो प्रतिक्रियामा भनेका छन्,‘आन्दोलनलाई लक्ष्यमा नपुर्‍याएसम्म बीचैमा छोड्नुहुन्न । अधिकतम र न्यूनतम लक्ष्य किटान गरेर र शक्तिसन्तुलनको हिसाब गरेर नेतृत्वले सुझबुझपूर्ण निर्णय गर्नुपर्छ ।’ जेनजीलाई शान्तिपूर्ण आन्दोलनमा दृढ रहन भन्दै उनले कसैको वहकाउमा नआउन समेत आग्रह गरेका छन् ।  नेपालको वर्तमान सन्दर्भमा भ्रष्टाचार रोक्न, आर्थिक समृद्धि हासिल गर्न, राजनीतिक स्थिरता प्राप्त गर्न संविधानमा महत्वपूर्ण अग्रगामी सुधार गर्नुपर्ने उनले बताएका छन् ।

Babu-Ram--1757394677.png
 

प्रकाशित मिति: मंगलबार, भदौ २४, २०८२  १०:५६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार