प्रधानमन्त्रीको राजीनामा र कांग्रेसलाई सरकार छाड्न गगनको आह्वान

मंगलबार, भदौ २४, २०८२

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगत थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् । उनले सामाजिक सञ्जालबाट यस्तो माग गर्दै कांग्रेसमा निर्णय गराउन लागिपर्ने बताएका हुन् । नेपाली कांग्रेस सरकारबाट तत्काल फिर्ता हुनुपर्ने र पार्टीको बैठकबाट यो निर्णय गराउने उनले जनाएका छन् । ‘रातभर सुत्न सकिन । म जस्तै देशभित्र र बाहिर रहेको सिंगो नेपाल सुत्न सकेको छैन । अबोध युवाहरू अनाहकमा मारिएको त्यो क्रुर दृष्य आँखा अगाडि घुमिरहेको छ । प्रधानमन्त्रीज्यूले यो दमनको जिम्मा लिएर अबिलम्ब पद छोड्नुपर्छ ।  अब नेपाली कांग्रेस एक दिन पनि यो परिस्थितिको थप सांक्षी र साझेदारका रुपमा रहनुहँुदैन, रहन सक्दैन । नेपाली कांग्रेस सरकारबाट तत्काल फिर्ता हुनुपर्छ । पार्टीको बैठकबाट यो निर्णय गराउन म लाग्नेछु’ थापाले सामाजिक संजालमा लेखेका छन् ।

प्रकाशित मिति: मंगलबार, भदौ २४, २०८२  १०:४२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार