ललितपुरमा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको निवासमा प्रदर्शनकारीले लगाए आगो

मंगलबार, भदौ २४, २०८२

काठमाडौँ । ललितपुरको सुनाकोठीस्थित सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको निवासमा प्रदर्शनकारीले आगजनी गरेका छन् ।  प्रदर्शनकारीले गुरुङको निवासमा आन्दोलनकारीले ढुंगामुढा र आगजनी गरेका हुन् ।  अहिले आगजनी नियन्त्रणमा लिइसकेको ललितपुर प्रहरी परिसरका प्रवक्ता एसपी चक्रराज जोशीले जानकारी दिए । ‘अहिले अवस्था नियन्त्रणमा लिइसकेका छौँ मन्त्रीज्यूको निवासमा केही क्षति भएको छ आकलन भइरहेको छ’, एसपी जोशीले भने ।

प्रकाशित मिति: मंगलबार, भदौ २४, २०८२  १०:३८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार