हेटौंडामा जेनजी पुस्ताको आन्दोलन, सडक अवरुद्ध

मंगलबार, भदौ २४, २०८२

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा १६ मा जेनजी पुस्ताका समूहको आन्दोलन चर्किँदै गएको छ। आन्दोलनकारीहरूले टायर बालेर सडक अवरुद्ध गरेका छन् । स्थानीय प्रशासन र प्रहरीका अनुसार, सडक अवरुद्ध भएपछि यातायात प्रभावित भएको छ। प्रशासनले स्थिति नियन्त्रणका लागि पहल गरिरहेको छ र जनता तथा यातायात प्रयोगकर्तालाई वैकल्पिक मार्ग प्रयोग गर्न सुझाएको छ । अहिलेसम्म आन्दोलनकारीहरूको माग र वार्ता प्रक्रिया सम्बन्धी विस्तृत जानकारी सार्वजनिक भएको छैन।

प्रकाशित मिति: मंगलबार, भदौ २४, २०८२  ०९:५४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार