विद्यालयले आज साँझ चलाएन बस, विद्यार्थीलाई अभिभावकको जिम्मा 

सोमबार, भदौ २३, २०८२

काठमाडौं । बानेश्वर क्षेत्रमा जेनजीको प्रदर्शन र अस्तव्यस्त सवारीका कारण विद्यार्थीलाई आज विद्यालयले स्कुल बसबाट घर पठाउन सकेनन् । विद्यार्थीलाई उनीहरूका अभिभावको जिम्मामा विद्यालयले घर पठाएका छन् । जेन–जीको प्रदर्शनका कारण आज काठमाडौं उपत्याको जनजीवन अस्तव्यस्त भएपछि विद्यार्थीलाई होल्डमा राखेर विद्यालयहरूले अभिभावकहरूलाई बोलाएर जिम्मा लगाएको हो ।  ‘तपाईहरू विद्यालयमा रहेका आफ्ना नानीबाबुहरूलाई लिन स्कुलमै आउनु होला । काठमाडौंभर अस्भाविक अवस्था देखिएकाले हामी आज बस सेवा उपलव्ध गराउन सक्दैनौ’, ललितपुरको एक विद्यालयले स्कुल एप्समा सूचना राख्दै भनेको छ । काठमाडौं उपत्यका भित्र तनावको अवस्था छ । त्यसैले तपाईहरू जति सक्दो छिटो विद्यालय आएर आफ्ना छोरीलाई घर लैजानु होला ।  विद्यालय बसमा उनीहरूलाई घर पठाउनु सुरक्षित नहुन सक्छ’ ललितपुरकै अर्काे विद्यालयले पनि एप्समा अर्जेन्ट भन्दै राखेको सूचनामा उल्लेख छ  । जेन–जीको आन्दोलनमा प्रहरीले धर पकड गर्दा १६ जना प्रदर्शनकारीको मृत्यु भएको छ भने स्थानीय प्रशासनले काठमाडौंका धेरै स्थानमा कर्फ्यू आदेश जारी गरेको छ । कफ्र्यु आदेशपश्चात पनि आन्दोलन मत्थर भएको छैन । बानेश्वर क्षेत्रको अवस्था तनावग्रस्त छ । आन्दोलन र जामका कारण अभिभावक पनि विद्यालयसम्म पुग्न सकिरहेका छैनन् ।

प्रकाशित मिति: सोमबार, भदौ २३, २०८२  १६:३३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार