चोरी भएका ६३ मूर्ति फिर्ता

शुक्रबार, साउन १, २०७८

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विभिन्न समयमा नेपालबाट चोरी भई अमेरिका पु¥याइएका दुई मूर्ति र एक वटा टुँडाल नेपाल फिर्ता ल्याइएको छ । नेपालबाट विभिन्न समयमा चोरी भएका करीब एक लाख २५ हजार डलर बराबरको दुई मूर्ति र एक टुँडाल फिर्ता ल्याउन सफल भएको मन्त्रालयले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । मन्त्रालयका सचिव यादव कोइरालाले अन्तरराष्ट्रिय तस्करको सञ्जालमार्फत अमेरिकाको न्यूयोर्क पु¥याइ प्रदर्शनी तथा बिक्रीमा रहेका तीन साँस्कृतिक तथा ऐतिहासिक महत्व राख्ने नेपालका सम्पत्ति नेपाल फिर्ता ल्याइएको बताए ।  उनले नेपालको सम्पदा फिर्ता ल्याउन पहल गर्ने सबैलाई धन्यावाद दिनुभयो । सचिव कोइरालाले नेपालका ऐतिहासिक महत्व बोकेका विभिन्न मूर्ति तथा कला अन्य देशमा पनि रहेको भन्दै त्यस्ता मूर्ति र कला फिर्ता गर्न आफूहरु निरन्तर लागिरहने बताए । अमेरिकाबाट अप्सराको रङ्गीन आकृति कुँदिएको काठको टुँडाल, भूमिस्पर्श मुद्रामा बसेको बुद्धको सुनौलो मूर्ति र बसेको गणेशको मूर्ति फिर्ता ल्याइएको हो । पत्रकार सम्मेलनमा सचिव कोइरालाले फिर्ता गरिएका मूर्ति र टुँडाल पुरातत्व विभागका महानिर्देशक दामोदर गौतममार्फत राष्ट्रिय सङ्ग्रहालयका प्रमुख जयराम श्रेष्ठलाई हस्तान्तरण गरेका छन् । नेपालले अहिलेसम्म विभिन्न समयमा चोरी भएका ६३ मूर्ति फिर्ता लिन सफल भएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, साउन १, २०७८  ०६:१३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार
थप समाचार
लघुवित्त पीडित आमरण अनशनमा
शुक्रबार, साउन १, २०७८

आज साउनको दोस्रो सोमवार
शुक्रबार, साउन १, २०७८

आज साउनको दोस्रो सोमबार 
शुक्रबार, साउन १, २०७८