जेनजीको प्रदर्शनमा प्रहरीको व्यापक दमन, गोली लागेर मृत्यु हुनेको संख्या १६ पुग्यो

सोमबार, भदौ २३, २०८२

काठमाडौं । भ्रष्टाचार तथा सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिवन्धका विरुद्धमा जेन–जी पुस्ताले काठमाडौँमा गरेको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर मृत्यु हुनेको संख्या १६ पुगेको छ । काठमाडौंको ट्रमा सेन्टरमा मात्रै ६ जनाको मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ । त्यस्तै एभरेस्ट अस्पतालमा ५ जनाको मृत्यु भएको छ । उपचारका लागि सिभिल अस्पतालमा पुर्‍याइएका मध्ये ३ प्रदर्शनकारीको मृत्यु भएको अस्पताल प्रशासनले जानकारी दिएको छ ।  त्यस्तै काठमाडौँ मेडिकल कजेलमा १ जना जनाको मृत्यु भएको छ। त्यस्तै टिचिङ अस्पतालमा १ जनाको मृत्यु भएको अस्पतालका प्रवक्ता डा गोपाल सेडाइँले जानकारी दिए । काठमाडौंको माइतीघरबाट प्रारम्भ भएको प्रदर्शनको क्रममा प्रहरीसँग मुठभेट हुँदा १६ जना प्रदर्शनकारीको मृत्यु भएको हो ।  आन्दोलन नियन्त्रणका लागि प्रहरीले गोली चलाउँदा उनीहरूको निधन भएको हो ।
 

प्रकाशित मिति: सोमबार, भदौ २३, २०८२  १६:१२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार