जेन–जी पुस्ताको प्रदर्शनका क्रममा गोली लागेर बालक घाइते 

सोमबार, भदौ २३, २०८२

काठमाडौं । काठमाडौंमा भइरहेको जेनजी पुस्ताको प्रदर्शनका क्रममा गोली लागेर एक जना बालक घाइते भएका छन् । ग्लोबल कलेजका विद्यार्थी रहेका ती बालकको टाउकोमा गोली लागेको बताइएको छ । घाइते बालकलाई तत्कालै उपचारका लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ । प्रदर्शनको क्रममा कसरी गोली चल्यो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरी स्रोतले जानकारी दिएको छ ।

प्रकाशित मिति: सोमबार, भदौ २३, २०८२  १४:४८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार