जेन–जी पुस्ताको प्रदर्शनमा प्रहरीले बल प्रयोगको घटनाप्रति प्रचण्डको आपत्ति

सोमबार, भदौ २३, २०८२

काठमाडौं । नेकपामा माओवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज जेन–जी पुस्ताको प्रदर्शनका क्रममा भएको दुःखद घटनाले आफूलाई स्तब्ध र गम्भीर बनाएको बताएका छन् ।  ‘प्रहरीको गोली लागेर मृत्यु भएका युवाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु। घाइतेहरूको शिघ्र स्वास्थलाभको कामना गर्दछु’ उनले भनेका छन् ।  जेन–जीले उठाएका सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउने र भ्रष्टाचारविरुद्धका मागहरूलाई तत्काल सम्बोधन गरियोस्। स्थिति थप बिग्रिन नदिन सरकारले जिम्मेवारीपूर्वक ठोस कदम चाल्न पनि सरकारलाई प्रचण्डले आग्रह गरेका छन् । 

प्रकाशित मिति: सोमबार, भदौ २३, २०८२  १४:२९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार