जेनजीको आन्दोलनमा प्रहरीले गोली चलायो

सोमबार, भदौ २३, २०८२

काठमाडौं । भ्रष्टाचारविरुद्ध जेनजी पुस्ताले गरेको आन्दोलनमा प्रहरीले गोली चलाएको छ । आन्दोलनमा उत्रिएका जेनजीहरूले प्रहरीको निषेधित क्षेत्र तोड्दै संसद् भवन प्रवेश गरेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले रबरको गोली चलाएको हो । अहिले नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ । प्रदर्शनकारीहरू संसद् भवनभित्रै प्रवेश गरेपछि जिल्ला प्रशासनले कफ्र्यू आदेश जारी गरिसकेको छ ।

Photo-(2)-(24)-1757318386.jpg
 

प्रकाशित मिति: सोमबार, भदौ २३, २०८२  १३:४५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार