सोसल मिडिया
Contact Us
युनिकोड
कोशी । कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राम राना सवार गाडीले एक बालकलाई ठक्कर दिएको छ । ललितपुरको हरिसिद्धि सडक उकालोमा भएको उक्त घटनापछि स्थानीयले सडक अवरुद्ध पारेका छन् । घटनापछि घाइते बालकलाई तत्कालै उपचारका लागि बी एण्ड बी अस्पताल पुर्याइएको छ । प्रहरीले दिएको जानकारीअनुसार बालकको अवस्था सामान्य देखिएको छ । मन्त्री राना चढेको गाडीले ठक्कर दिएको घटनापछि आक्रोशित स्थानीयले सडकमा जाम गरेका थिए । सडक जामका कारण एमालेको दोस्रो विधान अधिवेशन स्थल गोदावरी जाने मुख्य बाटो अवरुद्ध भएको हो । प्रहरीले स्थिति नियन्त्रणमा लिन प्रयास जारी राखेको छ ।