एमालेको सचिवालय बैठक बस्दै

बिहीबार, भदौ १९, २०८२

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज(बिहीबार) बस्दैछ ।  प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने बैठकमा भोलि (शुक्रबार)देखि आइतबारसम्म ललितपुरमा चल्ने दोस्रो राष्ट्रिय विधान महाधिवेशनको तयारीका विषयमा छलफल हुने छ ।  त्यस्तै, अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन प्रतिवेदन र महासचिव शंकर पोखरेलको संगठनात्मक प्रतिवेदनउपर छलफल हुने उनले जानकारी दिए । 

प्रकाशित मिति: बिहीबार, भदौ १९, २०८२  ०९:३२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार